
अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी टीट्वेन्टी विश्वकपमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार नामिबियालाई ४५ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ गरेको पाकिस्तानले नामिबियालाई १९० रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन बनाउन सफल भयो । अबुधाबी क्रिकेट रंगशालामा भएको खेलमा निमिबियाका लागि गेभिड विजेले ४३ तथा क्रेइग विलियम्सले ४० रन जोडेका थिए ।
त्यस्तै स्टेफन बार्डले २९ रन बनाए भने पाकिस्तानका हसन अली र इमाद वासिमले १,१ विकेट लिए। सुपर १२ अन्तर्गत समूह–२ मा रहेको पाकिस्तान लगातार चौँथो जित निकाल्दै पहिलो स्थानमा रहेको छ ।
यस्तै अफगानिस्तान दुई खेलमा विजयी हुँदै दोस्रो, न्यूजिल्यान्ड तेस्रो र नामिबिया चौँथो स्थानमा छन् । भारत पाँचौँ तथा स्कटल्यान्ड छैठौँ स्थानमा छन्।यता इङ्ल्यान्ड पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...