शहीद स्मारक ए डिभिजन लिग शुरू – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

शहीद स्मारक ए डिभिजन लिग शुरू

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ ।
फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच उद्घाटन खेल रंगशालामा ४ः४५ बजेबाट सुरु भएको हो । पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।

एन्फाले बिहीबार प्रि–लिग कन्फ्रेन्स आयोजना गरेको थियो जसमा प्राविधिक कारणबस हिमालय शेर्पा क्वब हुन सकेन भने १३ क्लबका प्रशिक्षक र कप्तानले लिगको तयारीबारे बोलेका थिए ।

एन्फाका अनुसार लिगको विजेताले नगद ७५ लाख, उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्ने छन् । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

लिगको सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ, साविक विजेता मछिन्द्र फुटबल क्लब, साविक उपविजेता त्रिभुवन आर्मी, क्लब थ्री स्टार, नेपाल पुलिस क्लब, संकटा क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुने एन्फाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७८ मंसिर ३, १७: २४

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
  • २०७८ मंसिर ३, १७: २४

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...

ताप्लेजुङको दोभानमा भीषण आगलागी
ताप्लेजुङको दोभानमा भीषण आगलागी
  • २०७८ मंसिर ३, १७: २४

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...