
नयाँ विकल्प,
काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोलीले यु-१९ एसिया कपको पहिलो खेलमा बंगलादेश खेल्ने भएकोछ । मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘एसीसी’ ले प्रतियोगिताको समूह विभाजन सहित खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल २३ डिसेम्बरमा बंगलादेशको सामना गर्दै सुरुआत गर्नेछ ।
यस्तै दोस्रो खेलमा २६ डिसेम्बरमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा अन्तिम खेलमा २८ डिसेम्बर कुवेतको चुनौती पेस गर्नेछ । यस्तै समूह ए मा भारत, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ‘क्यान’ ले गत आइतबार सम्पन्न वाइवाई यु-१९ राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताबाट २० खेलाडीलाई छनोटमा बोलाएको थियो । प्रतियोगिताको फाइनल खेल ३१ तारिखमा हुनेछ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...