च्यालेन्ज कप उपाधि जितेर भलिबल टोली स्वदेश फर्कियो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

च्यालेन्ज कप उपाधि जितेर भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप खेलेर नेपालको भलिबल टोली आज स्वदेश फर्किएको छ । महिला र पुरुष दुवै टिम स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरे । उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । खेलमा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

पुरुषतर्फ भने नेपालले खासै प्रगति गर्न नसके पनि चौंथो स्थानमा पुग्न सफल भयो । नेपालको महिला र पुरुष दुवै टिम च्याम्पियनसिपका लागि पुस ५ गते ढाका प्रस्थान गरेको थियो ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ पुष १५, १४: ०७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ पुष १५, १४: ०७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७८ पुष १५, १४: ०७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...