
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज (बुधबार) हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा भिड्दैछन् ।
प्रतियोगिताको सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो । राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन् ।
प्रतियोगितामा १० टोली सहभागी रहेका थिए । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ।
टी–२० फर्म्याटमा खेलाइको खेललाई आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीकोरुपमा हेरिएको जानकारहरुले बताएका छन् ।
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...
काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...