
नयाँ विकल्प,
काठमाडौं – चीनकी चर्चित टेनिस खेलाडी पेंग शुआईले सोसल मिडियामा उनको पोस्टले ‘निकै ठूलो भ्रम’ फैलाएको बताएकी छिन् । शुआईले कुनै प्रकारको यौन शोषणको कुरा गर्न अस्वीकार गरेकी छिन् । कुनै पनि पश्चिमी मिडिया आउटलेटलाई दिएको आफ्नो पहिलो अन्तरवार्तामा पेंग शुआईले उनी सामान्य जीवन बाँचिरहेको बताएकी छिन् । चीनका अधिकारीले पनि यस्तै भनिरहेका छन् । वास्तवमा अघिल्लो वर्ष पेंग शुआईको एउटा सोसल मिडिया पोस्टमा शीर्ष चिनियाँ अधिकारीमाथि यौन उत्पीडनको आरोप लगाइएको थियो । पछि यो पोस्ट हटाइयो । त्यतिबेलादेखि उनी लगभग गायब जस्तै थिइन् । उनी कहाँ छिन्, यसबारे कसैलाई पनि थाहा नभएको बताइएको छ । विन्टर ओलम्पिकका बीच आइतबार लिकिपलाई दिएको अन्तरवार्तामा पेंग शुआईले आफ्ना लागि चिन्ता जताउनेमाथि धन्यवाद व्यक्त गरेकी छिन् ।उनले यसका साथै भनिन्, ‘म जान्न चाहन्छु कि यस्तो चिन्ता किन रु मैले कहिले पनि भनेकी थिइनँ कि ममाथि उत्पीडन भएको छ । ’ पेंग शुआईका अनुसार सोसल मिडिया पोस्टले संसारभरी ठूलो भ्रम पैदा गरेको छ ।उनी भन्छिन्, ‘मलाई आशा छ कि पोस्टको अर्थलाई तोडमोड गरेर पेश गरिने छैन । र यो पनि आशा छ कि यसलाई अब थप प्रचारमा ल्याइने छैन ।’
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...