
नयाँ विकल्प,
काठमाडौं -नेपाल फिफा वरीयतामा दुई स्थान माथि उक्लिएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९ औं स्थानमा थियो ।
दक्षिण एसियाली देशमा तुलना गर्दा नेपाल तेस्रो स्थानमा छ । नेपाल भन्दा अगाडि रहेका भारत एक स्थान सुधार गर्दै १०४ औं र माल्दिभ्स १५७ औं स्थानमा छ । नेपालभन्दा पछि रहेका भुटान १८५ औं, बंगलादेश १८७ औं, पाकिस्तान १९७ औं र श्रीलंका २०४ औं स्थानमा छ । विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थानमा कायमै छ । अर्जेन्टिना एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लँदा इंगल्याण्ड पाँचौ स्थानमा झरेको छ । ईटली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्याण्ड्स दशौं स्थानमा छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...