नेपालले ओमानलाई ६ विकेटले हरायो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

नेपालले ओमानलाई ६ विकेटले हरायो

नयाँ विकल्प,

काठमाडौं – चार देशीय टी २० सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको छ । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।नयाँ कप्तान सन्दीप लामिछानेले पनि कप्तानी डेब्यु जितबाट गरे । यस्तै स्पीनर सागर ढकाल र अलराउण्डर विवेक यादवले पनि यसै खेलबाट टी २० आईमा डेब्यू गरे । सागर बलिङमा महंगो सावित हुँदा विवेकले एक ओभर मात्र बलिङ गर्न पाए ।नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १ र १ विकेट लिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ माघ २८, २१: १९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ माघ २८, २१: १९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ माघ २८, २१: १९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...