ए डिभिजन लिग फुटबलः विभागीय टोली एपीएफसँग मनाङ ३–१ गोल अन्तरले पराजित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

ए डिभिजन लिग फुटबलः विभागीय टोली एपीएफसँग मनाङ ३–१ गोल अन्तरले पराजित

काठमाडाैं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा एपीएफले थप २ गोल गोल दोस्रो हाफमा गरेको हो । खेलको ३७ औं मिनेटमा मनाङका कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको एपीएफले ३ मिनेटपछि नै बराबरी गोल गरेको थियो । ४० औं मिनेटमा एपीएफका आशिष लामाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा मनाङविरुद्ध हावी देखिएको एपीएफले ८१ औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा पुर्‍याएको थियो ।

एपीएफका लागि मनिकुमार लामाले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि ८७ औं मिनेटमा एपीएफका लागि नविन लामाले गोल गरेपछि एपीएफ ३–१ ले बिजयी भयो । जारी लिगमा एपीएफले तेस्रो जीत दर्ता गरेको हो ।

जितपछि एपीएफ तालिकामा १४ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ । पराजित भएको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ । यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको अर्को खेलमा एनआरटीले संकटालाई १–० गोल अन्तरले पराजित गरेको छ
एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे । खेलको २८ औं मिनेटमा स्टेफेन एनआरटीलाई जित दिलाउन निर्णायक गोल गरेका हुन् । सरोज तामाङको लामो पासमा संकटाका दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए ।

यस जितसँगै एनआरटीले ११ खेलमा १७ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा छ । त्यस्तै संकटाले ११ खेलमा १५ अंक जोड्दै छैटौ स्थानमा छ ।

भिडियाे…

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ फाल्गुन ५, १७: ०१

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ फाल्गुन ५, १७: ०१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ फाल्गुन ५, १७: ०१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...