
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले आयोजक ओमानमाथि ३९ रनले जित निकालेको छ । खेल मस्कटको अल अमारतस्थितओमान क्रिकेट एकेडेमीको मैदानमा भएको हो ।
त्यस्तै एक सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा १० विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । ओमानले २५ रन जोड्दा नेपालले तीन विकेट गुमाएको थियो ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालको लागि आरिफ शेखले ३७ बलमा दुई चौकासहित ३८ रन बनाएका थिए ।
कप्तान सन्दीप लामिछानेले सात बलमा एक चौका र एक छक्कसहित अविजित १६ रन बनाएका थिए भने अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
ओपनर आसिफ शेख ४ रन र कुशल भुर्तेलले ५ रनमा आउट भएका थिए । त्यसपछि ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंहले ऐरीले तेस्रो विकेटका लागि २१ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्लले १५ रन जोडे भने दीपेन्द्रसिंह ११ रन बनाएर आउट भएका थिए ।
ओमानका अलीले तीन विकेट लिकेट लिएका थिए भने खानले दुई विकेट लिएका । बट र मक्सूदले एकरएक विकेट लिएका थिए ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...