
नयाँ विकल्प,
काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । मध्यपुरका लागि सञ्जीव थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धीरज श्रेष्ठ र जेनिश प्रजापतिले एक÷एक गोल गरे । सामाजिक युवाका लागि विकास दर्जी र वसन्तबहादुर रानाले एक÷एक गोल गरे । खेलको चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । सञ्जीवले खेलको आठौँ मिनेटमा मध्यपुरको अग्रता दोब्बर बनाएका थिए ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...