
नयाँ विकल्प,
काठमाडौं – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपाललाई ६ रनले पराजित गरेको छ । जितका लागि २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा दुई सय ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले ऐतिहासिक शतक प्रहार गरे । उनले एकदिवसीय खेलमा पहिलो पटक शतक प्रहार गरेका हुन् । एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पूर्वकप्तान पारस खड्कापछि १९ वर्षीय पौडेल दोस्रो खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीले पहिलो पटक नेपालसँग खेलेको हो ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...