राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता बैशाखमा हुने – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता बैशाखमा हुने

काठमाडौं । शहिद धर्मभक्त माथेमाकाे स्मृतिमा १६ औं धर्मश्री तथा प्रथम पुरुष फिजिक्स र प्रथम महिला फिजिक्स राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता बैशाखमा तेस्रो आयोजना हुने भएको छ ।

उक्त खुल्ला शारीरिक सुगठन प्रतियोगति आगामी बैशाख २३ र २४ गते हुने आयोजकले जनाएको हो । प्रतियोगिताको ‘प्रि–जजिङ राउण्ड’ बैशाख २३ मा हुनेछ भने फाइनल बैशाख २४ गते हुनेछ ।

आयोजक ब्यायाम मन्दिरका अनुसार प्रतियोगितामा करिब ४ सय खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । जसअनुसार ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी,७५ केजी, ८० केजी र ८० भन्दा माथिका तौल समूह हुनेछन् ।

धर्मश्री प्रतियोगिताका विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रोले दुई लाख पुरस्कार राशी पाउने छन् । प्रतियोगिताको चौथोले १ लाख ५० हजार, पाँचौले १ लाख, छैटौंले ९० हजार र सासौं हुनेले ८० हजार बराबरको पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

प्रत्येक तौल समूहका उपविजेताले ४० हजार र तेस्रो हुनेले २५ हजार पाउने छ भने प्रथम महिला फिजिक्सतर्फको विजेताले दुई लाख, उप विजेताले एक लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने ब्यायाम मन्दिरले जनाएको छ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७८ चैत्र १३, १५: १७

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७८ चैत्र १३, १५: १७

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ चैत्र १३, १५: १७

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...