
काठमाडाैं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे। २५ रन बनाउँदा २ विकेट गुमाएको नेपाललाई आसिफ र दिपेन्द्र सिंह ऐरीको ७० रनको साझेदारी गर्दै नेपाललाई जितको बाटो देखाएका थिए ।

दिपेन्द्रले २१ रनको बनाउँदा रोहित पौडेलले १२ रन बनाए । डेब्यु खेलाडी दिलिप नाथले अविजित १५ रनको योगदान गरे । कुशल मल्लले २ रन बनाउँदा अविजित रहे । मलेसियाका पवनदिप सिंहले २, मुहमद अमिर र सेइद अजिजले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिंदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए । करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...