चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने

चितवन । चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठान चितवनले चैत २६ गते प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो ।

आयोजकका अनुसार म्याराथनको दुरी करिब ६५ देखि ७० किलोमिटर हुने बताइएको छ । साइक्लिङ विशेषत तीन विधामा प्रतिस्पर्धा हुनेछ । इलाइट महिला र पुरुष, मास्टर महिला र पुरुष, र भरतपुर विशेष अन्तर्गत चितवन जिल्लाका महिला पुरुषले मात्रै सहभागिता जनाउन पाउने छन् । नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको बिभिन्न भित्री सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुने प्रतिष्ठानकी निर्देशक गंगा दाहालले बताइन् ।

प्रतिष्ठानका अनुसार प्रतियोगिताका विजेता खेलाडीले इलाइट महिला पुरुष दुवै तर्फ प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित समाचार

इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
  • २०७८ चैत्र १८, १७: ३९

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको...

एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
  • २०७८ चैत्र १८, १७: ३९

काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप अन्तर्गत नेपालले आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित युकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार...

इङ्ग्ल्यान्ड सेमिफाइनलमा
इङ्ग्ल्यान्ड सेमिफाइनलमा
  • २०७८ चैत्र १८, १७: ३९

काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...