
काठमाडौं । एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ ।
मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । मछिन्द्रले त्यहिँ अनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताए । प्रशिक्षक कटवालले विपक्षी टोली राम्रो रहेको र आफ्नो टोलीका परिवर्तन नभएको समेत बताए ।
त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने रहेको बताए । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले खेलेको थियो । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...