
पपुवान्युगिनीलाई ५० रनले पराजित गर्दै घरेलू टोली नेपाल ट्राइनेशन टी–२० क्रिकेट सिरिजको उपाधि जित्न सफल भएको छ । उत्कृष्ट लयमा देखिएका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ब्याटसँगै बलिङमा पनि चम्किएपछि यो सिरिजमा नेपालले पपुवान्युगिनीलाई लगातार तेस्रोपटक हराउन सफल भयो । उपाधिसँगै दिपेन्द्रसिंहले अन्तराष्ट्रिय टी–२० क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको व्यक्तिगत उपलव्धि समेत आत्मसात गरे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको शुरूवात खास रहेन । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४।४ ओभरमा ३७ रनको साझेदारी गरे । भुर्तेल २५ रन बनाएर आउट भए भने आसिफले २९ रन बनाए । रोहित पौडेल मात्र २ रन बनाएर आउट भए भने आरिफ शेख र दिलिप नाथले खाता नै खोल्न सकेनन् ।
नियमित रुपमा विकेट झर्दै गएपछि एक समय नेपाल दवाव परेको नेपाललाई पुनः एकपटक दिपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । उनले संयमित भएर खेल्दै अर्धशतक पूरा गरेपछि मात्र नेपाल १६८ रनको सम्मानजनक योगफल तयार पार्न सफल भएको थियो । दिपेन्द्रले संयमित खेल खेल्दै ३८ बलमा ५ चौकाको सहयोगमा ५४ रनको अविजित पारी खेले भने इनिङको अन्त्यतिर करण केसीले विष्फोटक खेल खेल्दै १२ बलमा ३३ रन बनाए ।
पीएनजीका लागि सेमो कामियाले ३ विकेट लिए भने चाड सोपर, काबुआ मोरिए र रिले हेकुरेको नाममा समान १–१ विकेट रह्यो ।
प्रत्युत्तरमा १६९ रनको लक्ष्य पछ्याएको पपुवान्युगिनी १६।१ ओभरमा १२७ रन बनाएर अलआउट भयो । पीएनजीलाई कम स्कोरमा समेट्ने क्रममा दिपेन्द्रसिंह ऐरीले ४ विकेट आफ्नो नाम गराए भने करन केसी ३ विकेट हात पार्न सफल रहे । कप्तान सन्दिप लामिछानेको नाममा २ विकेट रह्यो ।
फाइनलका ‘म्यान अफ दी म्याच’ दिपेन्द्रसिंह ऐरी चुनिए । प्रतियोगितामा दुई अर्धशतक र एक शतकसहित २५५ रन पूरा गर्दै ७ विकेट समेत लिएका दिपेन्द्रसिंह निर्विवाद रुपमा ‘म्यान अफ दी सिरिज’ समेत घोषित भए । दिपेन्द्रले ३४ खेल खेल्दै टी–२० क्रिकेटमा १ हजार ३३ रन बनाइसकेका छन् ।
कुल १३ विकेट लिँदै करन केसी प्रतियोगिताको सवोत्कृष्ट बलर विकेट घोषित भए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...