सदस्य सचिवकाे विवाद अन्त्य भएसंगै राखेप फर्किए घिसिङ – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

सदस्य सचिवकाे विवाद अन्त्य भएसंगै राखेप फर्किए घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ राखेप फर्किएका छन् । राखेपको सदस्यसचिवको विवाद समाप्त भएसँगै बुधबार राखेपमा फर्किएका घिसिङले आफ्नो कामकाज सुरु गरेका हुन् ।

सर्वोच्च अदालतले मंगलबार तत्कालिन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट निवदेन खारेज गरेपछि सदस्यसचिवको विवाद समाप्त भएको हो ।

राखेपमा फर्केपछि घिसिङले चालु आर्थिक वर्ष भित्र नै राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताएका छन् । राष्ट्रिय खेलकुदका लागि बैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने जिकिर गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीतालाई बढाउनका लागि आवश्यक ट्रेनिङको व्यवस्था हुनुपर्ने समेत बताए । समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसंग छलफल गर्ने आफ्नो तयारी रहेको जानकारी दिए ।

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिवको बर्खास्ती र नियुक्ति गरेका थिए ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७८ चैत्र २३, १३: ३१

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७८ चैत्र २३, १३: ३१

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७८ चैत्र २३, १३: ३१

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...