अध्यक्षमा विराटजंग शाही निर्वाचित – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

अध्यक्षमा विराटजंग शाही निर्वाचित

नयाँ विकल्प,

काठमाडौं- काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन् । जिल्ला फुटबल संघको शुक्रबार बसेको बैठकले शाहीको नेतृत्वमा १५ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदीप लामा छन् । यस्तै, सदस्यहरूमा राधाकृष्ण महर्जन, अजव श्रेष्ठ, पूर्णमान सिंह, सुरेन्द्र बलामी, अमृत लामा, अनिल चौधरी, जनक न्यौपाने, रुद्रबहादुर मल्ल, नकेश राउत, काजीमान कङ्दवा र महिला सदस्यमा दिपाकुमारी खड्का निर्वाचित भए । एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

सम्बन्धित समाचार

सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
  • २०७९ बैशाख ९, २१: ४८

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २०७९ बैशाख ९, २१: ४८

काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...

चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
  • २०७९ बैशाख ९, २१: ४८

काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...