बैंङ्लोर र चेन्नई भिड्दै – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

बैंङ्लोर र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स भिड्ने भएका छन् । यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे पुणेमा हुनेछ ।

१० खेलमा ५ मा जित र ५ मा हार व्यहोरेको बैंङ्लोर १० अङ्कसहित तालिकाको छैठौं स्थानमा छ । यस्तै ९ खेलमा ३ मा जित र ६ खेलमा हार ब्यहोरेको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ । राति भएको खेलमा भने पन्जाव किङ्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो ।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो। यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।

जितसँगै पन्जाब १० खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। गुजरातको भने यो दोस्रो हार हो। गुजरात १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ।

सम्बन्धित समाचार

स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
  • २०७९ बैशाख २१, ०९: ०६

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धात्मक...

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७९ बैशाख २१, ०९: ०६

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ बैशाख २१, ०९: ०६

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...