राष्ट्रिय भलिबल प्रतियोगितामा एपिएफको जीत – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

राष्ट्रिय भलिबल प्रतियोगितामा एपिएफको जीत

नयाँ विकल्प,

काठमाडौं- छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता भएको छ ।

न्यू डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गर्दै एपिएफ जीत नजिक पुगेको हो ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यू डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित ग¥यो ।

जारी प्रतियोगितामा न्यू डायमण्डको यो लगातार चौथो हार हो ।

यस हारसँगै न्यू डायमण्डले ४ खेल १ अङ्क जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । यता एपिएफको भने यो तेस्रो जीत हो । एपिएफको ९ अङ्क रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले छ लाख तथा उपविजेताले तीन लाख पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुनेले ७५ हजार प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ बैशाख २३, २१: १४

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ बैशाख २३, २१: १४

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा
अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा
  • २०७९ बैशाख २३, २१: १४

काठमाडौं । अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले विश्वकप...