
नयाँ विकल्प,
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिताका लागि शुक्रबार एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो ।
क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको थियो ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराइसकेको छ । जसका लागि टिम मालिकहरुका लागि क्यानले टेन्डर आह्वान गरेको हो ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...