
नयाँ विकल्प,
काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले मलेसिया प्रस्थान गर्ने यु–१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशनकुमार सिंह लगायतले खेलाडीलाई बिदाइ गरे ।
छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुन् । नेपाली टिममा कृतिका मरासिनी कप्तान , किरण कुँवर, सोनु राजवंशी, टीका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी रहेका छन् ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...