७१औँ मदन जयन्तीको अवसरमा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

७१औँ मदन जयन्तीको अवसरमा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने

नयाँ विकल्प,

काठमाडौं- मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुनेछ ।

क्रिकेटको विजेताले ३० हजार पाउनेछ भने दोस्रो हुने टोलीले २० हजार हात पार्नेछ । त्यसैगरी खुला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडौंमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुनेछ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुनेछ ।
बुटवल र काठमाडौंमा असार ११ देखि १६ गतेसम्म विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौंमा हुनेछ ।

असार १७ र १८ गते राष्ट्रियस्तरको फूल कन्ट्याक्ट कराते काठमाडौंमा हुनेछ भने असार २० र २१ गते उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ । यस्तै असार २२ गते काठमाडौँमा विभिन्न खेल विधाका प्रशिक्षक एवं व्यवस्थापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
  • २०७९ असार ५, २१: ४०

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको...

एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
  • २०७९ असार ५, २१: ४०

काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप अन्तर्गत नेपालले आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित युकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार...

इङ्ग्ल्यान्ड सेमिफाइनलमा
इङ्ग्ल्यान्ड सेमिफाइनलमा
  • २०७९ असार ५, २१: ४०

काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...