एसीसी महिला टी-२० च्याम्पियनसिपक लागी भोलि नेपाल युएईसंग भिड्दै – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

एसीसी महिला टी-२० च्याम्पियनसिपक लागी भोलि नेपाल युएईसंग भिड्दै

नयाँ विकल्प,

काठमाडौं – एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलका लागी भोलि नेपालले अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ ।

मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ असार ९, १४: १९

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ असार ९, १४: १९

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा
अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा
  • २०७९ असार ९, १४: १९

काठमाडौं । अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले विश्वकप...