भलिबलको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

भलिबलको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने


नयाँ विकल्प,

काठमाडौं – न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लबले बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् । कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिस्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो ।

उता अघिल्ला दुई खेलमा जित निकालेको एपीएफ भने बिहीबार पुलिससँग पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एपीएफलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपीएफलाई सुम्पिएको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधा तर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधिगत तर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ असार १६, २१: ४५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ असार १६, २१: ४५

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ असार १६, २१: ४५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...