प्रदीप र अरुणाले जिते सर्वोत्कृष्ट खेलाडी पुरस्कार – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रदीप र अरुणाले जिते सर्वोत्कृष्ट खेलाडी पुरस्कार

पोखरा । छैटौं पोखरा स्पोर्टस् अवार्ड(२०७८ मा प्रदीप खड्का र अरुणा शाही सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

पाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा टेनिसका प्रदीप खड्का र महिलामा भलिवलकी अरुणा शाही घोषित भएका छन ।

अवार्ड विजेता दुवै जनाले ईलेक्ट्रिक स्कूटर प्राप्त गरेका छन । यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्डबाट गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको छ ।

पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता समेत रहेका भट्टराईको नेपालको खेल क्षेत्रको विकासमा ठूलो योगदान रहेको बताए।

यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, उत्कृष्ट शिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट संघबाट तेक्वान्दो संघ गण्डकी र वर्ष उत्कृष्ट पुरस्कृत भए ।

विजेता सबैले ट्रफीसंगै जनही ३५ हजार रुपैयाँ नगद र सम्मान पत्र प्रदान गरेका छन । विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मञ्चका अध्यक्ष बराललगायतले अवार्ड प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ असार १८, २३: ४१

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ असार १८, २३: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७९ असार १८, २३: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...