
नयाँ विकल्प,
काठमाडौं – केन्या विरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ ।
शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १-१ को बराबरी गरेको छ ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०-२० र पवन सर्राफले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
तर नेपालले नवौँदेखि ११औं ओभरमा सम्म लगातार तीन विकेट गुमायो । पवन नवौं ओभरमा, दीपेन्द्र सिंह ऐरी (३ रन) दशौँ ओभरमा र रोहित ११औं ओभरमा आउट भएपछि नेपाल ५९-५ को स्थितीमा पुगेको थियो ।
त्यसपछि आरिफ शेखले आदिल बलमले नेपालको इनिङ्सलाई आक्रमक रुपमा अघि बढाएका थिए । तर आदिल १६औं ओभरमा २० रन बनाएर आउट भए आरिफ शेख १७औं ओभरमा रनआउट भए भने करण केसी अर्को ओभरमा ठुलो सट हान्ने चक्करमा आउट भए ।
कप्तान सन्दीप लामिछाने ८ रन बनाएर १९ औं ओभरमा आउट भए ।
केन्याका एमाननुएल बुण्डी, लुकास ओलुच र भिराज पटेलले २-२ विकेट लिए ।
त्यसअघि नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ९ विकेट गुमाएर १३२ रन बनाएको हो ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...