
नयाँ विकल्प,
काठमाडौं – नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतक पूरा ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतक पूरागरेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । ज्ञानेन्द्रले १४औं ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे ।
अर्धक शतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेले । विराज पटेलको बलमा लामो शट खेल्ने क्रममा उनी बाउण्ड्रीमा क्याचआउट भएका हुन् ।
६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्रले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए । त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् । सोही वर्षको जुलाइमा ज्ञानेन्द्रले टी–२० विश्वकप एसिया रिजन फाइनलमा मलेसियासँग ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।
केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा दुवै टिमले २–२ खेल जितेका छन् । पाँचौं तथा अन्तिम खेल अहिले भइरहेको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...