भुटान विरुद्ध नेपालको शानदार जित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

भुटान विरुद्ध नेपालको शानदार जित

नयाँ विकल्प,

काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरिन् । खेलको १२औँ मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् ।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । नेपालका लागि सावित्राले खेलको ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।

७३ औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाइन् । अनिताले नै खेलको ८४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० गोलको जित दिलाए । आजको जितसँगै नेपालले समूह ‘बी’ मा एक खेलबाट २ अंक जोडेको छ । यता भुटानले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ भाद्र २१, २०: ०२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ भाद्र २१, २०: ०२

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ भाद्र २१, २०: ०२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...