प्रहरीले पक्राऊ पुर्जी जारी गरेपछि  क्यानले गर्यो लामिछानेलाई निलम्बन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रहरीले पक्राऊ पुर्जी जारी गरेपछि  क्यानले गर्यो लामिछानेलाई निलम्बन

नयाँ विकल्प, 

काठमाडौं – कप्तान सन्दिप लामिछाने  विरुद्ध १७ वर्षीया किशोरीले मंगलबार बलात्कारको जाहेरी दिएकी थिइन् । प्रहरीले पक्राऊ पुर्जी जारी गरेपछि  नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो ।

क्यानले विज्ञप्तिमा भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’

आजै प्रहरीले लामिछानेलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो। सन्दीप यतिबेला देशबाहिर छन् ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ भाद्र २३, २२: ३४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ भाद्र २३, २२: ३४

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ भाद्र २३, २२: ३४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...