नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १७२ स्वर्ण पदक सहित आर्मी क्लब शीर्ष स्थानमा – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १७२ स्वर्ण पदक सहित आर्मी क्लब शीर्ष स्थानमा

नयाँ विकल्प,

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक १७२ स्वर्ण पदक जितेको छ। गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा आर्मीले ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जित्दै पहिलो भएको हो ।

दोस्रो स्थान एपिएफ एपिएफले ६४ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१८ पदक हात पारेको छ। तेस्रो स्थानमा पनि विभागीय टोलीले नै आफ्नो स्थान बनाएको छ । नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी कुल १९४ पदक जित्यो।

गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पर्दै चौथो बनेको हो । पाँचौ बनेको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्यो ।प्रदेश एक छैटौं स्थानमा रहँदै १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक जित्न सफल भयो । यता १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्दै सुदूरपश्चिम सातौं स्थानमा भयो ।

एनआरएनए टिम आठौं स्थानमा रहँदै १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक जित्न सफल भयो । लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा हुँदा दशौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक जित्न सफल भयो । अन्तिम स्थानमा भएको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्यो ।

 

 

 

 

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७९ कार्तिक ३, १८: ४१

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक ३, १८: ४१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७९ कार्तिक ३, १८: ४१

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...