काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । उनको उजरीमा सन्दीपले आफूलाई भदौ ५ गते गाडीमा राखेर नगरकोट पुर्याएको र सोही दिन राति तिलगंगाको एक होटलमा राखेर बलात्कार गरेको उल्लेख छ । बलात्कारको उजुरी पर्दा सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।
लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । उनले सँगै बसेको तर बलात्कार नगरेको जिकिर गरेका छन् ।
लामिछाने २० असोजमा काठमाडौं फर्किएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई पक्राउ गरेको थियो । त्यतिबेलादेखि नै सन्दीप प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् ।
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...