
नयाँ विकल्प,
काठमाडौं – टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ । पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाए पूरा गर्यो । भारतका लागि विराट कोहली ८२ रनको अर्धशतकीय पारी खेले त्यस्तै हार्दिक पाड्याले ४० रन बनाए । सुरुवाती तीन बलमा २ रन खर्चेर हार्दिक पाण्ड्याको विकेट लिएका नवाजले पाकिस्तानलाई जितको आशा दिलाएका थिए । तर, चौथो बलमा नवाजले फालेको नो बलमा भारतका पूर्व कप्तान विराट कोहलीले छक्का प्रहार गरेपछि भारतलाई जित सहज भएको हो ।
भारतलाई जिताउन सुपरस्टार कोहलीले ५३ बलमा ४ छक्का र ६ चौका हिर्काए । खराब सुरुवात गरेको भारतका लागि मध्यक्रमका ब्याटरले जितको आधार तय गरेका थिए । ओपनरद्वय कप्तान रोहित शर्मा र केएल राहुल समान ४ रनमा आउट भए ।
उच्च लयमा रहेका सूर्यकुमार यादवले १५ र अक्षर पटेलले २ रन बनाएर आउट हुँदा भारत ६.१ ओभरमा ३१–४ को कठिन स्थितिमा थियो ।
तर, कोहली र हार्दिक पाण्ड्याले पाँचौं विकेटका लागि ११३ रनको शतकीय साझेदारी गरे । अन्तिम ओभरको पहिलो बलमा क्याचआउट हुनुअघि हार्दिकले ३७ बलमा २ छक्का र १ चौकाको सहयोगमा ४० रन बनाए ।
बलिङतर्फ पाकिस्तानका लागि हरिस रफले सर्वाधिक २ विकेट लिए । नासिम शाहले १ विकेट लिए । यसअघि, मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो ।
उच्च लयमा रहेका ओपनरहरु कप्तान बाबर आजम र मोहम्मद रिजवनलाई चाँडै गुमाएर दबावमा रहेको पाकिस्तानका लागि सान मशुद र इफ्तिकार अहमदले अर्धशतकीय योगदान गरेका थिए । मशुदले ५२ र इफ्तिकरले ५१ रन बनाए ।
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...