बंगलादेशद्वारा जिम्बावे ३ रनले पराजित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

बंगलादेशद्वारा जिम्बावे ३ रनले पराजित

नयाँ विकल्प,

काठमाडौं – आइसिसी टी २० विश्वकपअन्तर्गत आइतबार बंगलादेशले जिम्बावेविरूद्धको अन्तिम बलमा कुनै रन नदिएपछि जितको खुसी मनायो।

ब्रिसबेनमा भएको खेलमा अन्तिम बलमा जिम्बावेलाई ५ रन चाहिएको थियो। तर बंगलादेशका मोसाडक हुसेनको बलमा जिम्बावेका ब्लेसिङ मुजरबानीले कुनै रन लिन सकेनन्।

त्यसपछि बंगलादेशका खेलाडीले जितको खुसी मनाउन थालेका थिए।
तर थर्ड अम्पायरले अन्तिम बलको भिडिओ रिभ्यू गरे।

बंगलादेशका विकेटकिपर नुरुल हसनले स्टम्पको अगाडि नै बल समातेका थिए वा थिएनन् भनेर हेरिएको थियो। जसमा उनले स्टम्प अघि नै बल समातेको देखिएको थियो। जसका कारण सो बललाई नो बल दिइएको थियो।

जितको खुसी मनाएका बंगलादेशले फेरि एक बलिङ गर्न परेको थियो। अन्तिम बलमा नो बल भएका कारण जिम्बावेलाई जितका लागि अन्तिम बलमा ४ रन चाहियो। तर अन्तिम बलमा फेरि बंगलादेशका मोसाडकले जिम्बावेका मुजरबानीलाई कुनै रन लिन दिएनन्।

बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन मात्र जोड्न सक्यो।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ कार्तिक १३, २२: १२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ कार्तिक १३, २२: १२

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ कार्तिक १३, २२: १२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...