
नयाँ विकल्प,
काठमाडौं- युएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा नेपाल पराजित भएको छ । पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले सुरुमै विकेट झर्दा लक्ष्य पछ्याउन गाह्रो भएको बताएका छन् ।
सोमबार टीयू मैदानमा भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । तीन खेलको शृंखलामा युएईले १-० को अग्रता समेत लिएको छ ।
यसै खेलबाट ओडीआई कप्तानीमा डेब्यू गरेका रोहितले बलिङमा पनि राम्रो सुरुवात गर्न नसकेको बताए । ‘पावर प्लेमा राम्रो बलिङ भएन । हामीले कन्डिसनको प्रयोग गर्न सकेनौं,’ रोहितले भने ।
यस्तै ब्याटिङमा पनि सुरुको विकेट जाँदा कठिन भएको बताए । ‘ब्याटिङमा पनि सुरुमा कोल्याप्स भयो । ३ विकेट चाँडै गयो । सुरुमा लगातार विकेट नगएको भए हामीले लक्ष्य भेट्टाउन सक्थ्यौं,’ रोहितले भने, ‘खेलको बीचमा हामी सहज अवस्थामा पुग्न लागेका थियौं । तर, योजना लागू भएन । दीप्पी र अर्जुन हुँदा जित्न सकिन्छ भन्ने थियो । तर विकेट गएपछि गाह्रो भयो ।’
आजको खेलमा कुशल भुर्तेलले पुनरागमन गर्दै सातौं नम्बरमा ब्याटिङ गरेका थिए भने आसिफ शेख र र अर्जुनले ओपनिङ गरेका थिए । यस्तै हरिशंकर शाहले डेब्यू गरे ।
कप्तान रोहितले ओनपिङमा आसिफ र अर्जुनले राम्रो गरेकोले कुशल भुर्तेललाई तल्लोक्रममा खेलाएको बताए ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...