आइसिसी विश्वकप लिग–२ : नेपाललाई २८६ रनको लक्ष्य – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

आइसिसी विश्वकप लिग–२ : नेपाललाई २८६ रनको लक्ष्य


काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नामिवियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ गरेको नामिवियाले ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन बनायो ।

नामिवियाका लागि मिचेल भान लिङ्देनले १३३ रनको योगदान दिए । १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे भने कप्तान गेरहार्ड इरामसले ५६ रन जोडे ।

नेपालका लागि करण केसीले ५ विकेट लिए । करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए ।

लामिछानेले १० ओभरमा ६६ रन खर्चिए। लामिछाने बलात्कार अभियोग पछि पहिलो पटक मैदान फर्किएका हुन् । सोमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ फाल्गुन २, १३: ५४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ फाल्गुन २, १३: ५४

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ फाल्गुन २, १३: ५४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...