
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत अहिले जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपाली स्पिनरहरु चम्केका छन् । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि स्कटल्याण्ड थप दवावमा परेको छ ।
सन्दीपले २२ रन बनाएर खेलिरहेका ब्रान्डन म्याकमुलनलाई कुशल मल्लको हातबाट क्याच गराएपछि स्कटल्यान्डले ११३ रनमै ६ विकेट गुमाएको छ ।
स्पिनरलाई सहयोग गरिरहेको पीचमा स्कटिस ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् । पार्टटाइम बलर कुशल भुर्तेलले पनि एक विकेट लिएका छन् । कुशल मल्लले स्कटल्याण्डका दुई ओपनरहरुलाई आउट गरेसँगै खेलमा नेपालले पकड बनाएको थियो । अहिलेको अवस्थामा स्टकल्याण्डले ३१ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाएर खेलिरहेको बताइएकाे छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...