आईसिसी विश्वकप लिग २ : नेपालको रोमाञ्चक जित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

आईसिसी विश्वकप लिग २ : नेपालको रोमाञ्चक जित


काठमाडौं । आईसिसी विश्वकप लिग २ मा नेपालले ऐतिहासिक जित हात पारेको छ । राजधानीमा जारी त्रिकोणात्मक सिरिजका चार वटा खेलमा लगातार जित हात पारेपछि नेपालले ऐतिहासिक जित हात पारेको हो । नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित निकाल्न सफल भएको हो ।

एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा तिज निकालेको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ ।
मंगलबार कप्तान रोहित पौडेल र पूर्वकप्तान सन्दीप लामिछानेको सानदार खेलबाट लिग विजेता स्कटल्याण्डलाई पराजित गरेको हो । टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको नेपालवले सन्दीप लामिछानेको उत्कृष्ट बलिङका माध्यमबाट २१२ रनमा रोक्न सफल भएपछि मध्यम लक्ष्य पछ्याएको थियो ।

करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७ र आसिफ सेखले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि मार्क उटले तीन विकेट लिए । त्यस्तै क्रिस ग्रेवासले दुई विकेट हात पारे ।

जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए भने करण केसीले ८.१ ओभरमा ४२ रन खर्चिएर ३ विकेट हात पारे । नेपालका लागि ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए ।

नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक छ । नेपालले अन्तिम त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ । त्यसअघि नेपालले यूएईमा पीएनजी र यूएईसँग सिरिज खेल्नेछ । च्याम्पियन स्कटल्यान्डको भने ३६ खेलबाट ५० अंक छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ फाल्गुन ९, १७: ००

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ फाल्गुन ९, १७: ००

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ फाल्गुन ९, १७: ००

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...