
काठमाडौं । कप्तान देव खनालको अर्धशतकप्रेरित नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८।५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।
यू-१९ विश्वकपमा छनोट हुनका लागि निर्णायक खेलमा नेपालले अब १९१ रन डिफेण्ड गर्नुपर्नेछ ।
खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनाले अर्धशतक प्रहार गरे । देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।उत्तमले ४८ बलमा तीन चौका र एक छक्कासहित ३६ रन जोडे ।
विशालविक्रम केसीले ३८, दीपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन थपे । नेपालका ओपनर दीपक बोहरा खेलको पहिलो बलमै ‘गोल्डेन डक’ भएका थिए ।
यूएईका ध्रुव पारासर तीन विकेट लिए । कप्तान आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान दुई विकेट लिए । अम्मर बदामी र हर्षित सेठले एकरएक विकेट लिए ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...