पहिले ब्याटिङ गर्दै नेपाल – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौँ । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जी।सीले मौका पाएका छन् ।
नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जीसीले मौका पाएका छन् ।

नेपालको प्लेईङ–११

आसिफ शेख (विकेट किपर), ज्ञानेन्द्र मल्ल, भिम सार्की, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, प्रतिश जीसी, कुशल मल्ल, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ फाल्गुन २२, ११: ४६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ फाल्गुन २२, ११: ४६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ फाल्गुन २२, ११: ४६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...