
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा संयुक्त अरव इमिरेट्स (यूएई) ले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।
यूएईका लागि आसिफ खानले अविजित १०१ , वृत्य अरबिन्दलेले ९४, कप्तान मोहम्मद वासिमले ६३, रोहन मुस्तफाले २० सिपी रिजवानले ७, आर्यन लाक्राले ६ तथा आयन अफजाल खानले ३ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी, ललितनारायण राजबंशी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...