एसीसी प्रिमियर कप: मलेशियाविरुद्ध नेपालको शानदार जित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एसीसी प्रिमियर कप: मलेशियाविरुद्ध नेपालको शानदार जित


काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेशियाविरुद्ध शानदार जित हात पारेको छ । २३६ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालले ८२ बल बाँकी हुँदै जित हात पारेको हो ।

नेपालका लागि भिम सार्की र कुशल मल्लले उत्कृष्ट अर्धशतकसहित मलेशियाले प्रस्तुत गरेको लक्ष्य भेटाएका हुन् । सार्कीले ७१ रन बनाउँदा कुशलले विस्फोटक ७० रन बनाए ।

नेपालका लागि कप्तान रोहित मल्लले ४३ बलमा ४२ रन बनाए भने कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाए । नेपालका आशिफ शेख ३ बलमा १ रन बनाउँदै पहिलो ओभरमा आउट भए । सार्की जितका लागि ५ रन चाहिएको बखत ७१ रन बनाउँदै आउट भए । कुशलले नटआउट ७० रन बनाए । दीपेन्द्र सिंह एरी ५ रनमा नटआउट रहे । सोमपाल कामीले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिए । नेपालका लागि सन्दीपले १० ओभर बलिङ गर्दै ४८ रन खर्चिएर ३ विकेट हात पारेका हुन् । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चिएर २ विकेट लिए । त्यस्तै नेपालका लागि गुल्सन झाले १ विकेट लिए ।

मलेशियाका लागि मुहम्मद वाफिक, विजय उन्नी, रिजवान हेडिर र भिरेन्दीप सिंहले १/१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेशियाले ५० ओभरमा २३५ रन बनाएको थियो ।

मलेशियाका लागि कप्तान अहमद फैजले ७६ रन बनाए भने भिरन्दीप सिंहले ४६ रन बनाए । त्यस्तै मुहम्मद अमिरले १७ रन बनाउँदा विजय उन्नीले १२ रन बनाए । त्यस्तै सायदे अजिज १३ रनमा आउट हुँदा खिजार हायातले २२ रन बनाए ।

स्यजरुल इद्रीसले २१ रन बनाए । मुहम्मद सहायत अन्तिम बलमा १५ रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछानेले अन्तिम ओभरमा २ विकेट लिएका थिए।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० बैशाख ५, १६: २३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० बैशाख ५, १६: २३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८० बैशाख ५, १६: २३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...