एसीसी प्रिमियर कप: ओमानविरुद्ध कुशलको शानदार शतक – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एसीसी प्रिमियर कप: ओमानविरुद्ध कुशलको शानदार शतक


काठमाडौ । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको जारी खेलमा नेपालका कुशल मल्ल आउट भएका छन् ।

उनी नेपालको लागि शानदार शतक बनाएर १०८ रनमा आउट भएका हुन् । आक्रामक ब्याटिङ गर्दै उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाईसकेको छ । अहिले सन्दीप लामिछाने र सोमपाल कामि क्रिजमा छन् ।

ताजा स्थितिमा नेपालले ४२ ओभरमा ७ विकेटको क्षतिमा २३८ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।

यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए।

यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा भने नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० बैशाख ८, १२: ५९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० बैशाख ८, १२: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८० बैशाख ८, १२: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...