सन्दीप लामिछानेको तेस्रो विकेटसँगै नेपाललाई चौथो सफलता, रचे विश्व कीर्तिमान – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सन्दीप लामिछानेको तेस्रो विकेटसँगै नेपाललाई चौथो सफलता, रचे विश्व कीर्तिमान


काठमाडौं । नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् । १०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुशीयाली मनाएका थिए । १०० विकेट लिएका सन्दीपले दर्शकसामु अभिवादन पनि गरेका थिए । दुर्लभ कीर्तिमान बनाएपछि सन्दीपले क्रिकेट मैदान ढोगेर खुशी साटे ।

त्यसक्रममा उनलाई नेपाली क्रिकेट टोलीका सदस्यहरुले बोकेर हौसला बढाए । यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । रसिदले ४४ खेलमा सय विकेट लिएका थिए ।
ओमान अहिले १२ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएर खेलिरहेको छ । नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० बैशाख ८, १५: २५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० बैशाख ८, १५: २५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८० बैशाख ८, १५: २५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...