१० औं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको अन्तिम नतिजा प्रकाशन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

१० औं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको अन्तिम नतिजा प्रकाशन

काठमाडौं । १० औं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको अन्तिम नतिजा शनिवार साँझ प्रकाशन भएको छ। नेपालका खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धी लगाव राख्ने विद्यालय तहका विद्यार्थीहरुका लागि प्रदान गरिने यस शैक्षिक प्लाटफर्म ‘राष्ट्रिय’ एष्ट्रोनोमी ओलम्पियाडु गत वर्षको फागुन १३ गतेदेखी सुरु भई आज असार २३ गते अन्तिम नतिजा प्रकाशन भएसँगै समाप्त भएको हो। यस वर्ष सिनियर विधामा गण्डकी बोर्डिङ स्कुल, पोखरा कास्किका सुदिप रोकाया एब्सोल्युट विनर हुन सफल भएका छन् भने जुनियर विधातर्फ क्रियटिभ एकेडेमी, किर्तिपुर, काठमाडौंकि श्लेशा शिवाकोटी एब्सोल्युट विनर भएकी छिन्।

सैयौं विद्यार्थिहरुको सहभागितामा सात प्रदेशमै सन्चालित प्रथम चरणको परिक्षाबाट ७० जना विद्यार्थिहरु दोस्रो चरणमा पुगेका थिए र दोस्रो चरणबाट ७० जना विद्यार्थीहरुमध्ये ४२ जना विद्यार्थीहरु तेस्रो चरण अर्थात बन्द प्रशिक्षणको कार्यक्रममा जान सफल भएका थिए। तेस्रो चरणमा आईपुगेका ती ४२ जना विद्यार्थिहरुलाई ८ दिनको भर्चुअल बन्द प्रशिक्षण कार्यक्रममा सहभागी गराई २०८० असार २० गते साउथ वेस्टर्न स्टेट कलेज, बसुन्धारा, काठमाडौंमा शैद्दन्तिक र प्रयोगात्मक दुवै परीक्षामा सामेल गराई तेस्रो चरण समाप्त गरि आज नतिजा प्रकाशन गरीएको ओलम्पियाडका आयोजक संस्था नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जनाएका छन्।

यस वर्ष मेरिट लिस्टमा पर्न सफल सिनियर विधातर्फका उत्कृष्ट ५ विद्यार्थीहरु यस प्रकार रहेका छन्स सुदिप रोकाया (गण्डकी प्रदेश), अङ्किता भट्टराई (बागमती प्रदेश), मनिष भुषाल (लुम्बिनी प्रदेश), पीयूष अधिकारी (बागमती प्रदेश) र सन्दिप खड्का (बागमती प्रदेश) त्यसैगरी जुनियर विधातर्फका उत्कृष्ट ५ जना विद्यार्थीहरु यस प्रकार रहेका छन् श्लेशा शिवाकोटी (बागमती प्रदेश), रिपब्लिका गौतम (बागमती प्रदेश), त्रिसव तिम्सिना (कोशी प्रदेश), यालिशा आचार्य (कर्णाली प्रदेश) र ओमराज पुरी (बाग्मती प्रदेश)

मेरिट लिस्टका सिनियर र जुनियर विधाकै उत्कृष्ट ५ विद्यार्थिहरुले खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धित आफ्ना प्रतिभाहरु प्रस्तुत गर्न यस वर्षको सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म पोल्याण्डमा हुन गईरहेको ईन्टरनेशनल ओलम्पियाड अन अस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्सु नामक अन्तरास्ट्रिय प्लाटफर्म रहेकाे छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० असार २४, १०: ४८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० असार २४, १०: ४८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० असार २४, १०: ४८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...