आइतबार सन्दीप लामिछाने  पाकिस्तान जाने – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

आइतबार सन्दीप लामिछाने  पाकिस्तान जाने


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान जाने भएका छन् । उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ । उनी त्यही दिन पाकिस्तान जाने गरि तयारीमा लागेका छन् ।

सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेका छन्।

आइतबार उनको मुद्दा आठौं नम्बरमा भएकाले सुनुवाइको पालो आउने सम्भावना कम रहेको सन्दीपका वकिलहरुले बताएका छन् । आइतबार सुनुवाईमा पालो नआउने देखेपछि सन्दीपका वकिलहरुले अब भदौं १८ गते पछि मात्र मुद्दाको पेसी राख्न अदालतमा आग्रह् गर्ने तयारी गरेको जनाइएको छ ।

नेपाली क्रिक्रेट टोली अहिले पाकिस्तानमा छ । तर सन्दीप भने मुद्दाको सुनुवाइको पेसी रहेकैले टोलीसँग पाकिस्तान गएका थिएनन्।

एसियाकपको उद्घाटन खेल भदौ १३ गते पाकिस्तान र नेपालबीच मुल्तान क्रिकेट स्टेडियममा हुनेछ। त्यसपछि भारतविरुद्ध खेल्न नेपाल श्रीलंका प्रस्थान गर्नेछ। भारत र नेपालबीचको खेल भदौ १८ गते हुनेछ।

समूहका तीन टोलीमध्ये दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन्। तर एसियाकप खेल्नुअघि नै नेपालले पाकिस्तानमा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० भाद्र ७, १४: २६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० भाद्र ७, १४: २६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० भाद्र ७, १४: २६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...