काठमाडौं । आईसीसी टीट्वेन्टी विश्वकपः एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपाल आज ओमानसंग भिड्दै छ । फाइनल खेल आज बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
घरेलु मैदानमा भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा छनोट भएको हो ।
मूलपानी मैदानमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा दुई विकेटको क्षतिमा जित निकालेको हो । योसँगै नेपाल एक दशकपछि टीट्वेन्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।
आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए । समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
विश्वकपको गत संस्करणको छनोट प्रतियोगितामा नेपाल सेमिफाइनलमा यूएईसँगै पराजित भएर विश्वकप पुग्नबाट रोकिएको थियो ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...