वीरगन्ज । भारतलाई हराउदै मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।
वीरगन्ज गोल्डकप फुटबल २०८० अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भारतको बिहारलाई २-० ले हराउँदै नेपालको वीरगन्ज युथ एकेडेमी विजयी भएको हो ।
आदर्शनगर रंगशालामा भएको खेलमा अनिषा मगर र कविता गुरुंगले गोल गरेका हुन् । ७० मिनेट खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ४७ औं मिनेटमा सुनिता सुनारले दिएको पासमा अनिषाले गोल गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाएकी थिइन्।
खेलको ६१ औं मिनेटमा कविताले थप एक गोल गर्दै वीरगन्जलाई २-० को जीत दिलाउन सफल भइन् । खेलको वुमेन अफ दी म्याच वीरगन्जका लागि दोस्रो गोल गरेकी कविता गुरुङ घोषित भइन् ।
विजेता र उपविजेता दुवै टिमलाई आयोजक भेट्रान सिटी क्लबले ट्रफी र मेडल प्रदान गरेको थियो।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...