पोखरा । आहारारा पोखरा गोल्डकपमा आज साविक विजेता संकटा र नेपाल आर्मी सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले आहारारामा नवप्रवेशी टिम राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो । आहारारामा आर्मी र संकटा नयाँ प्रतिद्वन्द्वी भने होइनन् । यसअघि २ पटक सँगै क्वार्टरफाइनलमै भिडेका २ टिममा दुवैले एकरएक जित निकालेका छन् ।
अघिल्लो संस्करणमा पनि क्वार्टरफाइनलमै आर्मी र संकटाबीच भेट भएको थियो । क्वार्टरफाइनलमा आर्मीलाई ३-१ ले स्तब्ध पार्दै संकटा सेमिफाइनल यात्रा तय गर्यो । आर्मीलाई क्वार्टरफाइनलमा रोकेको संकटा अन्ततः प्रतियोगिताकै उपाधि विजेता बन्यो ।
०७६ सालमा पनि दुवै टिम भिडेका थिए । जसमा ०७६ सालमा क्वार्टरफाइनलमा आर्मीले संकटालाई १-० ले पराजित गरेको थियो । आहारारा गोल्डकपको दुई दशक लामो इतिहासमा संकटाको अनभुव छोटो छ । संकटा हालसम्म ७ पटकमात्रै प्रतियोगितामा सहभागी छ । तर संकटाले २ पटक उपाधि जितेको छ भने दुई पटक सेमिफाइनल खेलिसकेको छ ।
संकटाले ०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । उक्त खेल संकटाले ट्राइब्रेकरमा ४-२ ले जितेको थियो । अघिल्लो संस्करण जिताउन महत्वपूर्ण भूमिका खेलेको गोल रक्षक टिकेन्द्र थापा यसपटक सहारादेखि खेलेका छन् । संकटाकै आयुष घलान सहाराको यसवर्षको वर्षोत्कृष्ट खेलाडी बनेका छन् भने अघिल्लो संस्करणमा चर्च ब्वाइजबाट खेलेका नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी अञ्जन विष्ट संकटाबाटै खेल्दैछन् ।
रवीन्द्र शिलाकारको प्रशिक्षणमा मैदानमा उत्रिन लागेको साविक विजेता संकटाले ३ जना विदेशी खेलाडीसहित राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ, सुरजज्यू ठकुरी, लकेन लिम्बुलगायतलाई समावेश गरेको छ ।
यता त्रिभुवन आर्मी क्लबले हालसम्म आहाराराको उपाधि जित्न सकेको छैन । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा उपाधिविहीन हुँदै आएको छ । विभागीय टिम नेपाल आर्मीलाई भरत खवासको कप्तानी सम्हाल्नेछन् । यो टिम आहारारा पोखरा गोल्डकपमा १५औं सहभागिता हो । टिममा भरतसँगै राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जन, विमल पाण्डेलगायत आर्मीको टिममा छन् ।
आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्ये एक टोलीसँग अन्तिम ४ का लागि स्पर्धा गर्नेछ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...